Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा प्रहरीद्धारा दुई फरार अभियुक्त पक्राउ


1.6K
Shares

गोरखा प्रहरीद्धारा दुई फरार अभियुक्त पक्राउ

गोरखा, १४ पुस । गोरखा प्रहरीले दुई फरार अभियुक्तलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि कारागार पठाएको छ । जिल्ला अदालत गोरखाबाट कैद र जरिवाना तोकिई फरार रहेका अभियुक्तहरु पक्राउलाई पक्राउ गरी फैसला कार्यान्व्यनका लागि अदालत मार्फत कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

फैसला कार्यान्वयन बिशेष टोलीले कुटपिट अंगभंग मुद्दामा २ महिना ३ दिन कैद तोकिई फरार रहेका जिल्ला गोरखा पालुङटार नगरपालिका वडा नम्बर ३ का बर्ष ३० को सुदिप परियार र सवारी ज्यान मुद्दामा २ महिना १३ दिन कैद तोकिई फरार रहेका जिल्ला गोरखा पालुङटार नगरपालिका वडा नम्बर ९ का २९ बर्षका नितेश परियारलाई बिहिबार पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई कैद भुक्तानको लागि कारागार कार्यालय गोरखामा पठाईएको ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology