Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गण्डकीको कांग्रेस संसदिय दलको नेतामा गोरखाका सांसद पाण्डे निर्वाचित


1.4K
Shares

गण्डकीको कांग्रेस संसदिय दलको नेतामा गोरखाका सांसद पाण्डे निर्वाचित

गोरखा, १३ पुष । नेपाली कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलको नेतामा गोरखाका सांसद सुरेन्द्रराज पाण्डे निर्वाचित हुनु भएको छ । आज कांग्रेस संसदीय दलको कार्यालय नदीपुरमा भएको मतदानमा भोजराज अर्याललाई १० मतले हराउँदै पाण्डे निर्वाचित हुनु भएको हो । सांसद पाण्डेले १८ मत प्राप्त गर्नु भएको छ भने अर्यालले ८ मत ल्याउनु भएको छ ।

कुल २७ मत मध्ये १ मत बदर भएको छ । पाण्डे कांग्रेस सभापति शेरबहादुर देउवा पक्ष र अर्याल शेखर कोइराला पक्षका हुुनुहुन्छ । निर्वाचित पाण्डे गोरखा क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभामा निर्वाचित हुनुभएको थियो । दलको नेतामा ४ जना आकांक्षी रहे पनि पाण्डे र अर्यालले मनोनयन दर्ता गराउनु भएको थियो ।

पाण्डेको प्रस्तावक विन्दुकुमार थापा र समर्थक डा. टकराज गुरुङ रहनु भएको थियो भने अर्यालको प्रस्तावक महेन्द्रध्वज जिसी र समर्थक पार्वती तामाङ रहनु भएको थियो । गण्डकी प्रदेशसभामा कांग्रेसका २७ जना सांसद छन् । केन्द्रमा सत्ता समीकरण बदलिएसँगै गण्डकीमा पनि कांग्रेसको सरकार नबन्ने निश्चित भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology