काठमाडौं, १३ पुस । दिलासा कृयशनको ब्यानरमा निर्माण हुने नयाँ फिल्मका लागि अभिनेत्री मलिका महत अनुबन्धित भएकी छन् । फिल्मका निर्देशक लक्ष्मण सुवेदी हुन् । सुवेदीले आफ्नो नयाँ फिल्मका लागि अभिनेत्री मलिका अनुबन्धित गरेको जानकारी दिनुभयो ।
‘अनटाइटल प्रोजेक्टको स्क्रिप्ट, टिम र चरित्र मन परेपछि मलिका काम गर्न तयार भएकी हुन्’ सुवेदीले भने, ‘फिल्ममा उनी शीर्ष भूमिकामा देखिनेछिन् ।
’ आगामी फागुन पहिलो साताबाट सुटिङ सुरु हुने फिल्ममा लक्ष्मण स्वयंको कथा, पटकथा तथा संवाद, निर्माण र गीत लेखन रहेको छ । फिल्मको प्रायः सुटिङ गाउँमा गरेर काठमाडौंमा क्लाइमेक्स खिच्ने तयारीमा लक्ष्मण छन् ।
फिल्मको नाम चलचित्र विकास बोर्डमा दर्ता हुन बाँकी रहेको नाम चोरी हुने डरले अहिले लुकाइएको हो । फिल्ममा मलिकाबाहेक अरु कलाकार फाइनल भएका छैनन् । लक्ष्मणले अडिसनबाट बाँकी कलाकार छानिने बताउनुभयो ।
फिल्मको अन्य कलाकार छिट्टै हुने लक्ष्मणले जानकारी दिनुभयो । छायांकनमा निस्कनुअघि एकहप्ता फिल्मको वर्कसप पनि हुनेछ । ‘एउटा साथी’ बाट निर्देशनमा डेब्यु गरेका रंगपत्रकार सुवेदीको पछिल्लो फिलम ‘लालजोडी’ हो ।
लक्ष्मण खासमा फिल्म ‘ठगराज’ निर्देशन र निर्माणको तयारीमा थिए । फिल्मका लागि गीत समेत रेकर्ड भइसकेको थियो । तर, यो फिल्मको कथावस्तुमा अझै सूक्ष्म अध्ययन गर्नुपर्ने भएकाले उनले मलिकालाई लिएर नयाँ फिल्म बनाउन लागेका हुन् । उनले यो फिल्मपछि ‘ठगराज’ बन्नेबताउनुभयो ।