गोरखा १३ पुस । जनयुद्धका क्रममा तत्कालिन शाही नेपाली सेनाबाट हत्या गरिएका खडानन्द पाण्डेको समृतिमा आज २१ औं स्मृति दिवस सम्पन्न गरिएको छ । नेकपा माओवादी केन्द्र भीमसेन थापा गाउँपालिका(६ अश्राङको आयोजनामा सल्लाघारीमा सभाको आयोजना गरिएको हो।
स्मृति सभालाई सम्बोधन गर्नुहुँदै पार्टीका केन्द्रिय सदस्य लेखबहादुर थापा मगरले महान शहिदहरु बाटोमा पार्टी हिडिरहेको बताउनुभयो । सामन्ती राजतन्त्र अन्त्य गर्ने र देशलाई समाजवादको दिशामा लैजाने जनयुद्ध र महान शहिदहरुले देखाएको मुख्यबाटो हो, उहाँले भन्नुभयो, त्यो बाटोमा देश अहिले अघि बढी रहेछ । केन्द्रिय सदस्य थापामगरले अहिले साम्राज्यबादीहरुले माओवादी र मुख्य गरि पार्टी अध्यक्ष प्रचण्ड माथी घेराबन्दी गरिरहेको भन्दै माओवादी फरक ढंगले साम्राज्यवादीहरुसग अप्रत्यक्ष लडाइँ लडिरहेको दावी गर्नुभयो ।
पहिले सविधानसभाको निर्वाचनमा माओवादी पहिलो शक्तिको रुपमा स्थापित भएपछी साम्राज्यवाद नाङो रुपमा माओवादी उत्रिएको बताउनुभयो । स्मृतिसभालाइ सम्बोधन गर्नुहुदै भिमसेनथापा गाउँ पार्टी समितिका अध्यक्ष सुजन पाण्डे (बिनोदले )महान शहिदहरुले देखाउनु भएका बाटोलाइ सम्झेर क्रान्तिको झण्डालाई निरन्तर अगाडी बढाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
माओवादी अहिले तेस्रो पार्टी भएपनी देशलाई जोगाउने दायित्व र जिम्मेवारी माओवादी मै रहेको बताउनुभयो । स्मृति सभामा वडापार्टी उपाध्यक्ष फडिन्द्र पाण्डेले वडाको पार्टीको बर्तमान अबस्था लगायको बिषयमा जानकारी गराउनु भएको थियो । पाण्डेलाई २०५८ साल पुस १३ गते गोरखा टक्सारमा सेनाले नियन्त्रणका क्रममा हत्या गरेको थियो ।