Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रात्रिकालीन उडान हुने


2.7K
Shares

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रात्रिकालीन उडान हुने

काठमाडौं, १३ पुस। काठमाडौं–पोखरा रुटमा अब रात्रिकालीन उडान हुने भएको छ । यसअघि पोखरामा रात्रिकालीन उडानको सुविधा थिएन ।

पोखराको उडान १ जनवरी २०२३ देखि नयाँ विमानस्थलमा सर्दैछ । सो विमानस्थलबाट अब रात्रिकालीन उडान समेत हुने भएको छ ।

बुद्ध एयरले यो विमानस्थलमा २३ जनवरीदेखि रात्रिकालीन उडान थाल्ने गरी मिति तय गरेको हो । कम्पनीले पोखरालाई हब बनाएर मुलुकका विभिन्न गन्तव्यमा उडान विस्तार गर्ने समेत जनाएको छ । पोखरालाई अन्य कम्पनीले समेत अब क्षेत्रीय हब बनाउने भएका छन् ।

गुण एयरलाइन्सले समेत पोखराबाट क्षेत्रीय विमानस्थलहरुमा उडान थाल्ने बताएको छ । नयाँ विमानस्थलबाट उडान सुरु भएसँगै अब विभिन्न शहरबाट रातको समयमा पोखरा पुग्न र पोखराबाट अन्य शहरमा फर्कन सहज हुने भएको छ ।

अत्याधुनिक सुविधा सम्पन्न पूर्वाधार रहेका कारण यो विमानस्थलबाट उडान सहज र सुरक्षित हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यो विमानस्थलमा आईएफआर प्रविधि जडान भएका कारण कम भिजिविलिटीमा समेत उडान रोकिने छैन । अहिलेसम्म नेपालका काठमाडौं बाहिर तराईका विमानस्थलमा मात्र रात्रिकालीन उडानको सुविधा रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology