काठमाडौं, १३ पुष । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार सरकारी निवास बालुवाटारमा सर्ने भएका छन् । उहाँ अपराह्न ५ बजे बालुवाटार सर्ने तय भएको सचिवालयले जनाएको छ ।
निवर्तनमान प्रधनमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटार बुधबार बिहान खाली गराउनु भएका थिए । देउवाले निवास खाली नगराउँदा उहाँको शपथमा ढिलाइ हुँदै आएको थियो ।
देउवाको बूढानीलकण्ठस्थित निवास मर्मतको कार्य चलिरहेकाले उहाँ भाडाको घरमा बालुवाटारबाट सर्नु भएको हो ।