Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

नौ किलो चरेस सहित ३६ वर्षीय युवक पक्राउ


959
Shares

नौ किलो चरेस सहित ३६ वर्षीय युवक पक्राउ

धनगढी,१३ पुस । प्रहरीले ९ किलो लागुऔषध चरेससहित एक युवकलाई पक्राउ गरेको छ । कैलाली जिल्लाको गोदावरी नगरपालिका २ बसपार्कस्थित नवीन होटलबाट बझाङको दुर्गाथली गाउँपालिका ७ काँडा का ३६ वर्षीय यमराज दौल्याललाई पक्राउ गरिएको हो ।

कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले होटलको कोठा नम्बर १०१ बाट ९ किलो ३४० किलोग्रामसहित उनलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

उहाँकाअनुसार विशेष सूचनाका आधारमा प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले होटलमा छापा हानेर दौल्याललाई नियन्त्रणमा लिएको थियो । अहिले इलाका प्रहरी कार्यालय मालाखेतीको हिरासतमा राखेर उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology