Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

गोरखा प्रशासनको आग्रह : अनिवार्य मास्क प्रयोग गरौं


1.5K
Shares

गोरखा प्रशासनको आग्रह : अनिवार्य मास्क प्रयोग गरौं

गोरखा, १३ पुष । छिमेकी राष्ट्रमा कोभिड–१९ को नयाँ स्वरुप देखा परेको भन्दै जिल्ला प्रशासन कार्यालय गोरखाले अनिवार्य मास्क प्रयोग गर्न आग्रह गरेको छ ।

मंगलबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले छिमेकी राष्ट्रमा कोरोनाको नयाँ भेरीयन्ट देखिएकाले नेपालमा पनि यसको जोखिम रहने भन्दै सार्वजनिक स्थलमा भिडभाड नगर्न र अनिवार्य मास्कको प्रयोग गर्न आग्रह गरेको हो ।

नेपालमा कोरोना संक्रमण कम हुँदै गएता पनि विश्वव्यापी रुपमा हेर्दा नयाँ स्वरुप देखा परेकाले कोभिड रोकथाम तथा नियन्त्रणका लागि यसअघि लागू गरेका जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न सबैमा जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले आग्रह गर्नु भएको छ ।

बैठकले मास्कको अनिवार्य प्रयोग गर्न, हातको सरसफाइमा ध्यान दिन, भौतिक दूरी कायम राख्न, कोभिड विरुद्धको खोप लगाउने ब्यबस्था मिलाउन, सामाजिक र अन्य कार्यक्रम गर्दा भिडभाड नगर्न सर्बसाधारणलाई आग्रह गरेको छ ।

यस्तै, सार्वजनिक यातायातका साधनमा भिडभाड नगर्न, सिट क्षमता भन्दा बढि यात्रु नराख्न, यात्रुलाई मास्क अनिवार्य गर्न र स्वास्थ्य संस्थाहरुलाई तयारी अबस्थामा राख्ने पनि भनिएको छ ।

बैठकले जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्नका लागि सचेतनामुलक कार्यक्रम गर्न पनि स्थानीय तहहरुलाई आग्रह गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology