Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

आरआर क्याम्पसमा बिधार्थी बिच खुकुरी हानाहान : तीन जना घाइते


1.2K
Shares

आरआर क्याम्पसमा बिधार्थी बिच खुकुरी हानाहान : तीन जना घाइते

काठमाण्डौं १३ पुस । आरआर क्याम्पसमा स्वबियुको निर्वाचनको बिषयलाई लिएर बिधार्थीहरु बिबाद हुदाँ खुकुरी हानाहान भएको छ ।

काठमाण्डौ स्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा खुकुरी प्रहारबाट ३ जना बिधार्थी घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा अनेरास्ववियु आर.आर. क्याम्पस कमिटी अध्यक्ष मदन भण्डारी, उपाध्यक्ष लोकेश खड्का र हर्क बोहरा रहेका छन् ।

स्ववियु निर्वाचनका विषयमा अखिन निकट विद्यार्थी संगठनका नेताहरुबीच विवाद भएको हो । सिंहदरबार प्रहरी परिसरका एक प्रहरीका अनुसार तीन जना घाइते भएका हुन् ।

संगठनको अध्यक्ष कसलाई बनाउने भन्ने विषयमा छलफलको क्रममा उनीहरुबीच विवाद भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology