Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

बाल गायक सचिनको स्वास्थ्यमा सुधार


1.8K
Shares

बाल गायक सचिनको स्वास्थ्यमा सुधार

काठमाडौं, ११ पुष । अस्पताल भर्ना गरिएका बाल गायक सचिन परियारको स्वास्थ्यमा सुधार आएको छ । उनीसँग निकट कमल सरगमले सचिनको स्वास्थ्यमा सुधार आएर आईसीयूबाट जनरल वार्डमा सारिएको जानकारी दिनुभयो ।

स्वस्थ्यमा गम्भिर समस्या देखिएपछि केही दिनअघि बाल गायक सचिनलाई टिचिङ अस्पताल भर्ना गरिएको थियो । सचिन पछिल्लो समय काठमाडौंको एउटा निजी स्कुलमा बसेर पढिरहेका थिए ।

भाइरल बाल कलाकारको रुपमा समेत परिचित सचिनले केही लोकदोहोरी गीत समेत गाएका छन् । भिडियो एवं टेलिसिरियलमा समेत अभिनय गरेका उहाँले अभिनेता राजेश हमालसँग समेत म्युजिक भिडियो खेलेका छन् । पछिल्लो दुई वर्षयता उनी गायनमा सक्रिय थिएनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology