गोरखा, ११ पुस । गोरखाले प्रधानमन्त्री पाएकोमा खुशी हुँदै पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई दिनुभएको छ ।
जनयुद्धदेखिका आफ्ना पूर्व सहकर्मी आफ्नै निर्वाचन क्षेत्रबाट चुनाव जितेर प्रधानमन्त्री भएको डा.भट्टराईले खुशी व्यक्त गर्नुृभएको हो । डा.भट्टराईले सामाजिक सञ्जाल मार्फत आफु र पत्नी हिसिला यमीले प्रचण्डलाई खादामाला लगाएको तस्बिर सेयर गर्दै गोरखा २ ले प्रधानमन्त्री पाएको भन्दै अब सो क्षेत्रका जनतालाई चुनावी अभियानका क्रममा गरेको वाचासमेत पूरा भएको बताउनुभयो ।
‘तेस्रोपटक प्रधानमन्त्री बन्नुभएकोमा क। पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हार्दिक बधाई तथा पूर्ण सफलताको शुभकामना’ उहाँले लेख्नुभएको छ, ‘चुनावी अभियानको क्रममा वाचा गरिएझैँ गोरखा(२ ले प्रम पाएकोमा थप खुशीको अनुभूति’