नायक सलमान खान यतिबेला चलचित्र ‘राधे’को छायांकनमा व्यस्त रहेको बुझिएको छ । चलचित्र राधेको एक गीत र केही एक्सनका दृश्यको छायांकन अजरबैजानमा गर्ने तयारीमा यसको निर्माणपक्षले बताएको थियो । यसका लागि छायांकन टोलीका केही सदस्य अजरबैजानको राजधानी बाकु पनि पुगिसकेका फिल्म निर्देशन प्रभुदेवाले जानकारी दिनुभयो ।
तर, विश्वभर फैलिएको कोरोना भाइरसका कारण यो चलचित्रको अजरबैजान छायांकन स्थगित गरिएको छ । नायक सलमान खान र नायिका दिशा पटानी चलचित्रको छायांकनका लागि बाकु जाने तयारीमा थिए ।
सिंगो टिमलाई नै लिएर छायांकनमा जाँदा जोखिम हुने डरका कारण ‘राधे’को छायांकन बाकुमा नहुने भएको छ । इदमा रिलिज हुने यो चलचित्रलाई प्रभुदेवाले निर्देशन गरिरहेका छन् । सलमान खान प्रोडक्शन, सोहेल खान प्रोडक्शन र अतुल अग्नीहोत्रीले मिलेर यो चलचित्र बनाइरहेका छन् ।