काठमाडौंः सुनको मूल्य दिन प्रतिदिन बढिरहेको छ । सोमबारको तुलनामा छापावाला सुनको भाउ मंगलबार २०० रुपैयाँले बढेर ८२ हजार ७०० रुपैयाँ पुगेको केन्द्रीय सुनचादि ब्यावसायी संघले जानकारी दिएको छ । यो भाउ अहिलेसम्मकै उच्च हो । अघिल्लो कार्य दिन (आइतबार) छापावाला सुनको भाउ प्रतितोला ८२ हजार ५०० रुपैयाँ थियो भने मंगलबार ८२ हजार ७०० रुपैयाँ पुगेको छ ।
कोरोना भाइरस आतंकका कारण लगानीकर्ता सुनतर्फ आकर्षित भएका हुनसक्ने सुनचादि ब्यावसायीले जानकारी दिएको छ । यस भाइरसका कारण विश्व अर्थतन्त्र प्रभावित भइरहँदा सुरक्षित क्षेत्र खोज्दै लगानीकर्ता सुन बजारमा आकर्षित हुन थालेको व्यवसायीको दाबी गरेका छन् ।