Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघको संयोजकमा श्रेष्ठ


2.6K
Shares

नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघको संयोजकमा श्रेष्ठ

काठमाण्डौं,७ पुस। राष्ट्रिय खेलकुद परिषदको नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघ तदर्थ समिति गठन गरेको छ । परिषदले २ वटा संघको रुपमा अस्तित्वमा रहेको बडिबिल्डिङमा सहमतिका आधारमा राजेशबाबु श्रेष्ठको संयोजकत्वमा तदर्थ समिति गठन गरेको हो ।

परिषदले नयाँ बनेको तदर्थ समितिलाई ३ महिनामित्र निर्वाचन गर्न निर्देशनसमेत दिएको छ । राष्ट्रिय खेलकुद विकास ऐनमा १ खेलको लागि एउटामात्र खेल संघ गठन भएको हुनुपर्ने व्यवस्था छ ।

ऐनको धारा २६ को दफा ५ को उपदफा (४) मा परिषदमा दर्ता गर्दा १ खेलको लागि १ भन्दा बढी तथा एकै उद्देश्य वा समान नाम भएका १ भन्दा बढी संघ वा महासंघलाई दर्ता गरिने छैन भन्ने उल्लेख छ । परिषदको ११३ औं बोर्ड बैठकले संघको विवाद समाधानका लागि उपाध्यक्ष शिव कोईरालाको नेतृत्वमा समिति गठन गरेको थियो ।

समितिले एकै प्रकृतिका २ भन्दा बढी संघलाई छलफलमा बोलाएर विवाद समाधानका लागि प्रयास समेत गरेको थियो । समितिले सहमतिबाट श्रेष्ठको नेतृत्वमा तदर्थ कमिटी गठन गरेको हो ।

समितिले विवादित संघलाई सहमतीबाट समाधान खोज्न आग्रह गरेको छ । बडिबिल्डिङमा राजेशबाबु श्रेष्ठ नेतृत्वको नेपाल बडिबिल्डिङ एन्ड फिट्नेस संघ र तत्कालिन शिवलाल श्रेष्ठको नेतृत्वको नेप्लिज फेडेरेसन बडिबिल्डिङ एन्ड फिटनेस संघ अस्तित्वमा रहँदै आएको थियो ।

तदर्थ समितिले ३ महिनाभित्र साधारणसभा तथा निर्वाचन सम्पन्न गरिसक्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology