Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

माओवादी केन्द्रको प्रमुख सचेतकमा गोरखाका सांसद पाण्डे निर्विरोध चयन


1.3K
Shares

माओवादी केन्द्रको प्रमुख सचेतकमा गोरखाका सांसद पाण्डे निर्विरोध चयन

गोरखा, ७ पुष । नेकपा (माओवादी केन्द्र) संसदीय दलको प्रतिनिधि सभा प्रमुख सचेतकमा गोरखाका सांसद हितराज पाण्डेलाई निर्विरोध चयन गरिएको छ।

आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले सांसद पाण्डेलाई  प्रतिनिधिसभा तथा संघीय संसदीय दलको  प्रमुख सचेतकमा निर्विरोध  रुपमा चयन गर्ने निर्णय गरेको हो ।

दलको बैठकले अध्यक्ष पुष्पकमल दाहाललाई प्रतिनिधिसभा तथा संघीय संसदीय दल नेतामा सर्वसम्मत रुपमा चयन गर्ने निर्णय गरेको छ ।

यस्तै राष्ट्रिय सभातर्फ दलको नेतामा गोरखा घर भएका केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई चयन गरिएको छ। प्रमुख सचेतक गोपीबहादुर सार्की अछामी र सचेतक गंगाकुमारी बेल्वासे पहिलेदेखि नै हुनुहुन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology