Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

दलको नेता चयनअघि माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै


1.4K
Shares

दलको नेता चयनअघि माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं,७ पुस । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठकको लागि दिउँसो ३ बजे बोलाएको छ । संसदीय दलको नेता चयन गर्नुअघि माओवादीले पदाधिकारी बैठक बोलाएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिनुभयो।

उहाँका अनुसार पार्टी कार्यालय पेरिसडाडाँमा बस्ने पदाधिकारी बैठकमा दलको नेता, उपनेता, प्रमुख सचेतकलगायत चयनगर्नेबारे छलफल हुने उहाँले बताउनुभयो ।

दलको नेता चुन्न माओवादीले दिउँसो ४ बजे सिंहदरबारमा संसदीय दलको बैठक बोलाएको छ । दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन हुने निश्चित जस्तै छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology