दैलेख,६ पुस । खसीको मासु खाँदा घाँटीमा अड्किएर एक जनाको मृत्यु भएको छ । दैलेखको नारायण नगरपालिका ६ भर्ती भन्ने ठाउँका ३८ वर्षीय वीरबहादुर सार्कीको खसीको मासु घाँटीमा अड्किएर मृत्यु भएको हो ।
दैलेख प्रहरीलाई उदृत गर्दै प्रदेश प्रहरी कार्यालयका अनुसार बुधबार बिहान घरमा खसीको मासु खाने क्रममा सार्कीको घाँटीमा अड्किएको थियो । उपचारको लागि जिल्ला अस्पताल दैलेख ल्याइएको र दिउँसो १२ः४ ५ बजे उनको मृत्यु भएको हो ।