Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

तिस वर्ष कैद फैसला भएका फरार अभियुक्त पक्राउ


1.8K
Shares

तिस वर्ष कैद फैसला भएका फरार अभियुक्त पक्राउ

काठमाडौं, ६ पुस । मानव बेचविखन मुद्दाका फरार अभियुक्तलाई प्रहरीले रुपन्देहीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको कञ्चन गाउँपालिका–५ घर भएका मिनबहादुर विक उर्फ आरने माइला छन् ।

महिलालाई भारतमा बेचविखन गरेको आरोपमा उनीविरुद्ध कपिलवस्तु जिल्ला अदालतले ३० वर्ष कैद र २ लाख ५० हजार जरिवाना हुने फैसला गरेको छ ।२०७४ असारमा मुद्दा फैसला भएसँगै उनी फरार थिए ।

अदालतले पीडित महिलालाई १ लाख २५ हजार क्षतिपूर्ति भराउन आदेश गरेको थियो । ६ वर्षदेखि फरार मिनबहादुरलाई इलाका प्रहरी कार्यालय सालझण्डीका इन्स्पेक्टर जगन्नाथ मरासिनी नेतृत्वको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पछि जिल्ला अदालत कपिलवस्तुको आदेशले उनलाई कारागार चलान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology