Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

अर्जेन्टिनाले विश्वकप जिते पनि ब्राजिल फिफा वरियताको शीर्ष स्थानमा कायमै रहने


1.6K
Shares

अर्जेन्टिनाले विश्वकप जिते पनि ब्राजिल फिफा वरियताको शीर्ष स्थानमा कायमै रहने

काठमाडौं, ५ पुस । पाँच पटकको विश्व च्याम्पियन ब्राजिल फिफा विश्व वरियताको शीर्ष स्थानमा कायमै रहने भएको छ।

३६ वर्षपछि फ्रान्सलाई हराएर विश्व विजेता बनेको अर्जेन्टिना फिफाले नोभेम्बर महिनाको विश्व वरियता आगामी बिहीबार सार्वजनिक गर्दा शीर्ष स्थानमा नपुग्ने इएसपीएनले जनाएको छ।

ब्राजिलले फेब्रुअरीमा दक्षिण अमेरिकी प्रतिद्वन्द्वी बेल्जियमलाई पछि पारेदेखि विश्व नम्बर १ मा कायमै छ।

हालै सम्पन्न विश्वकपमा ब्राजिलले तीन खेलमा जित हात पार्दा समूह चरणको अन्तिम खेलमा क्यामरूनसँग अप्रत्यासित हार व्यहोरेको थियो।

दक्षिण कोरियालाई अन्तिम १६ मा हराएको ब्राजिल क्वार्टरफाइनलमा क्रोएसियासँग पेनान्टी सुटआउटमा पराजित भएको थियो।

यस्तै विश्व विजेता अर्जेन्टिनाले विश्वकपका ४ खेलमा जित निकाल्यो। साउदी अरेबियासँग हारेको अर्जेन्टिनाले दुई खेल ९क्वार्टर फाइनल र फाइनल० पेनाल्टी सुटआउटमा जितेको थियो।

सन् २०२१ को कोपा अमेरिका जितेको विश्व च्याम्पियन अर्जेन्टिनालाई विश्व वरियाताको शीर्ष स्थान पुग्न पर्याप्त रहेन।

पेनाल्टी सुटआउटमा खेलको निर्णय भएकाले जितेका खेलहरू पनि बराबरी नै मानिन्छन्।

यदि अर्जेन्टिना वा फ्रान्सले १२० मिनेट भित्र फाइनल जितेको भए तिनीहरू नम्बर एकमा पुग्ने थिए। तर पेनाल्टी सुटआउटको निर्णयले ब्राजिललाई फाइदा भयो।

यो महनाको वरियतामा अर्जेन्टिना र फ्रान्स दुवै एक—एक स्थान माथि उक्लिएर क्रमशः दोस्रो र तेस्रो स्थानमा पुग्नेछन्। दोस्रो स्थानमा रहेको बेल्जियम समूह चरणबाटै बाहिरिएकाले दुई स्थान तल झरेर चौथो स्थानमा पुग्नेछ।

यस्तै इंग्ल्याण्ड पाँचौं स्थानमा कायमै रहँदा क्वार्टरफाइनलमा पुगेको नेदरल्यान्ड्स दुई स्थान माथि उक्लदै छैठौं स्थानमा पुग्नेछ।

विश्वकपमा तेस्रो भएको क्रोएसिया १२औं स्थानबाट ५ स्थान माथि उक्लँदै सातौं स्थानमा पुग्नेछ।

कतार विश्वकपमा छनोट हुन नसकेको इटाली दुई स्थान तल झरेर आठौं स्थानमा झर्ने छ। पोर्चुगल नवौं स्थानमा यथावत रहँदा समूह चरणबाटै बाहिरिएको स्पेन तीन स्थान तल झरेर १० औं स्थानमा पुग्नेछ।

यस्तै मोरक्को र अष्ट्रेलियाले आफूलाई ब्यापक सुधार गर्ने भएका छन्। विश्वकपमा चौथो भएको मोरक्को ११ औं स्थान माथि उक्लँदै ११ औं स्थानमा पुग्ने भएको छ।

यस्तै अर्जेन्टिनासँग प्रि(क्वार्टरफाइनलमा पराजित भएको अष्ट्रेलिया ३८ औं स्थानबाट ११ स्थान माथि उक्लँदै २७ औं स्थानमा पुग्नेछ।

यस्तै समूह चरणमा ब्राजिललाई हराएको क्यामरून पनि १० स्थान माथि उक्लँदै ३३ औं स्थानमा पुग्ने भएको छ।

यस्तै अमेरिका ३ स्थान माथि उक्लिएर १३ औं स्थानमा पुग्दा मेक्सिको २ स्थान तल झरेर १५ औं स्थानमा पुगेको छ।

विश्वकपको समूह चरणबाटै बाहिरिएको आयोजक राष्ट्र कतार र क्यानडा समान १२ स्थान तल खस्किएका छन्। ५० औं स्थानमा रहेको कतार ६२ औं स्थानमा पुग्दा ४१ औं स्थानमा रहेको क्यानडा ५३ औं स्थानमा पुगेको छ।

फिफाले बिहिबार औपचारि वरियता सार्वजनिक गर्ने भएको छ।

यी हुन् शीर्ष २० राष्ट्र
१. ब्राजिल
२. अर्जेन्टिना
३. फ्रान्स
४. बेल्जियम
५. इङ्गल्याण्ड
६. नेदरल्याण्ड्स
७. क्रोएसिया
८. इटाली
९. पोर्चुगल
१०. स्पेन
११. मोरक्को
१२. स्विट्जरल्याण्ड
१३. संयुक्त राज्य अमेरिका
१४. जर्मनी
१५. मेक्सिको
१६. उरुग्वे
१७. कोलम्बिया
१८. डेनमार्क
१९. सेनेगल
२०. जापान

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology