Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

मोटरसाइकल दुर्घटनामा परि २ जनाको मृत्यु


861
Shares

मोटरसाइकल दुर्घटनामा परि २ जनाको मृत्यु

काठमाडौं, ४ पुस । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा आइतबार राति भएको मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

रौतहटको गुजरा नगरपालिका ३ सिम्रिक बस्ने २६ वर्षीय भुवन पहाडी र २७ वर्षीय ऋतिक बहादुर राईको मृत्यु भएको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परेका उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । भुवनले चलाएको मोटरसाईकलमा तीनजना सवार रहेका थिए । सिम्रिक गाउँकै २४ वर्षीय सुशील माझी घाइते छन् ।

उहाँको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । निजगढमा प्राथमिक उपचारपछि माझीलाई थप उपचारका लागि नयाँ चितवन मेडिकल कलेज भरतपुर लगिएको छ ।

निजगढ नगरपालिका—१ स्थित सडक छेउमा बिग्रिएर रोकिराखेको प्रदेश २—०३–००१ ख ४२२९ नम्बरको ट्रकको पछाडी सोही दिशाबाट जाँदै गरेको प्रदेश २–०३–००९ प ३९४३ नम्बरको मोटरसाईकल ठोक्किएर दुर्घटना भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology