Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

मेस्सीको कप्तानीमा अर्जेन्टिनाले जित्यो फुटवल विश्वकप


1.2K
Shares

मेस्सीको कप्तानीमा अर्जेन्टिनाले जित्यो फुटवल विश्वकप

काठमाण्डौं ४ पुस ।  ३६ वर्षपछि अर्जेन्टिनाले विश्वकप फुटबलको उपाधि जितेको छ । लिओनेल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले कतारमा गएराति सकिएको २२ औँ विश्वकप फुटबलको उपाधि जितेको हो । लुसैल रङ्गशालामा भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराउँदै अर्जेन्टिनाले उपाधि उचालेको हो ।

खेलको पहिलो हाफमा २–० ले अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा २ गोल खान पुग्यो । निर्धारित समयमा २–२ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि दुवै टोलीले एक एक गोल थपेपछि खेलमा ३–३ को बराबरी भयो । त्यसपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

सो क्रममा फ्रान्सका दुई खेलाडीले गोल गर्न सकेनन् भने अर्जेन्टिनाका चारै जना खेलाडीले गोल गरे । अर्जेन्टिनाले यसअघि सन् १९७८ मा नेदरल्यान्डस्लाई तथा १९८६ मा जर्मनीलाई हराउँदै विश्वकपको उपाधि जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology