Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

अपांग महासंघ गोरखाद्धारा संविधानमा व्यवस्था गरिएका हक अधिकार कार्याव्यन गर्न माग


2.2K
Shares

अपांग महासंघ गोरखाद्धारा संविधानमा व्यवस्था गरिएका हक अधिकार कार्याव्यन गर्न माग

गोरखा, ४ पुस ।  प्रगतिशिल अपाँग संघ गोरखा अपाङ्गता भएका ब्यक्तिहरुको हक अधिकार संरक्षण प्रवर्धन र संवर्धनका लागि जिल्ला प्रसासन कार्यालय गोरखामा बिभिन्न ३ बुँदे ध्यानाकर्षण गराएको छ । संघका जिल्ला अध्यक्ष तथा राष्ट्रिय अपाँग महाँसघ केन्द्रीय सदस्य अमर गुरुङ्गद्धारा हस्ताक्षरित माग पत्रमा अपाङ्गताका सवालमा बनेका नीति, नियम र कानुनहरु कार्यान्वयन भए नभएको अनुगमन गर्नका लागि जिल्ला स्तरमा बलियो अनुगमन समिति गठन गरी निरन्तर प्रभावकारी अनुगमन गर्न प्रमुख जिल्ला अधिकारीको ध्यानकर्षण गराइएको छ ।

त्यस्तै अपाङ्गता अधिकार ऐन २०७४को परिच्छेद (८) अपाङ्गता भएका ब्यक्तिलाई सहुलिएत र असुबिधाको ३७ ( २) अनुशार “अपाङ्गता भएका ब्यक्तिहरु बस ,रेल र हवाईजहाज जस्ता सार्वजनिक सवारी साधानवाट यात्रा गर्दा यात्रु भाडामा पचास प्रतिशत छुट उपलब्ध गराउनु पर्ने साथै सिट आरक्षण भए पनि अपाङ्गता भएका ब्यक्तिहरुलाई सहज नहुने सिट नराखिएको हुदाँ सजिलो सिटको ब्यावस्था सहित ऐनको ब्यावस्था कडाईका साथ लागु गर्न पनि ध्यानाकर्षण पत्र मार्फत माग गरिएको छ ।

संबिधानले व्यवस्था गरेको सुबिधा समेत अपांगता भएका व्यक्तिहरुले प्राप्त गर्न नसकिरहेकाले यसलाई कडाईका साथ कार्यान्व्यन माग संघले गरेको हो । ध्यानकर्षण पत्रमा जिल्लामा नयाँ बन्ने भौतिकपूर्वाधारहरु अपाङ्गता मैत्री निमार्ण गर्न पहल गर्नुपर्ने र निर्माण भइसकेका भवनहरुमा भएका सरकारी कार्यालयहरुमा प्रमुख तथा उपप्रमुखको कार्यकक्षा भुई तलामा रहने ब्यवस्था गर्न पनि माग गरिएको छ ।

संघले आइतबार प्रमुख जिल्ला अधिकारी शंकरहरी आर्चाललाई कार्यकक्षमै पुगेर ध्यानाकर्षण पत्र बुझाएको हो । नेपालले अपाङ्गता भएका ब्यक्तिहरुको अधिकार सम्बन्धि महासन्धिमा हस्ताक्षर गरी अनुमोदन गरिसकेको छ

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology