Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

छात्रबास पछाडी शिक्षक मृत फेला


1.6K
Shares

छात्रबास पछाडी शिक्षक मृत फेला

बैतडी २ पुस । श्री कृष्ण माध्यामिक बिधालयका एक शिक्षक मृत परेका छन् । बैतडी जिल्लाको पाटन नगरपालिका –६, बजार नजिकै रहेको श्रीकृष्ण माविको छात्रबास पछाडि श्रीकृष्ण मावि पाटन र पाटन बहुमुखी क्याम्पसमा शिक्षण गर्दै आउनुभएका ५५ वर्षीय धनबहादुर बिष्ट मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

सुर्नया गाउँपालिका –२, घरभई लामो समयदेखि पाटनमा शिक्षण गर्दै आउनुभएका बिष्ट श्रीकृष्ण माविको छात्रवास पछाडिको भिरालो ठाउँमा शनिबार दिउँसो मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय पाटनका वरिष्ठ प्रहरी नायव निरीक्षक गौरव सिंहले जानकारी दिनुभयो । बिष्टको मृत्युको कारण खुल्न सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology