Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पहाडी भूभागमा आंशिक बदली सहित हल्का हिमपातको सम्भावना


4.6K
Shares

पहाडी भूभागमा आंशिक बदली सहित हल्का हिमपातको सम्भावना

काठमाडौं, २ पुस । देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही प्रदेश १, बागमती र गण्डकी प्रदेशकै पहाडी भू–भागका १–२ स्थानमा हल्का वर्षा तथा सोही प्रदेशको उच्च पहाडी भू–भागका १–२ स्थानमा हल्का हिमपातको सम्भावना समेत छ ।

बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । राति प्रदेश १ का पहाडी भू–भागमा आंशिकदेखि पूर्ण बदली रही बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

विभागले तराईका केही भू–भागमा बिहानीपख हुस्सुरकुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिकरूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology