स्याङ्जा २ पुस । पर्खालले च्यापिएर ३० बर्षिय युवकको मृत्यु भएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नंम्बर ९ घर भएका उमेश चेपाङको वालिङ नगरपालिका ८ डुम्रिकोटस्थित डुम्रिकोट मिर्दी सडकखण्डमा शुक्रबार काम गर्ने क्रममा पर्खालले च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
सडकको नालीमा सोलिङ गर्ने क्रममा पर्खाल भत्किँदा च्यापिएर चेपाङ गम्भीर घाइते हुनुभएको थियो । उहाँको वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।