Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

जीप दुर्घटनामा परी एक महिलाको मृत्यु


2K
Shares

जीप दुर्घटनामा परी एक महिलाको मृत्यु

कास्की, १ पुस । गएराती जीप दुर्घटनामा परी एक महिलाको मत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका–२५, हेम्जास्थित हनुमानचोकमा जीप दुर्घटना हुँदा तनहुँ घर भई पोखरा–१०, शिवचोक बस्दै आएकी ३७ वर्षीया वसन्ती मगर मृत्यु भएको हो ।

गएराति करिब सवा १ बजे ग २ च २६८४ नम्बरको जीप अनियन्त्रित भई सडकछेउको विद्युत्को पोलमा ठोक्किएको थियो । दुर्घटनामा परी घाइते भएकी मगरको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा जीपमा सवार म्याग्दीको मंगला गाउँपालिका–१, मजुलाका ४७ वर्षीय गजेन्द्र पुन घाइते हुनुभएको छ । पुनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।  चालक फरार रहेकाले खोजीकार्य भइरहेको वडा प्रहरी कार्यालय बगरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology