काठमाडौँ १ पुस । विषालु मदिराको सेवनबाट ४३ जनाको ज्यान गएको छ । भारतको बिहार राज्यको छपरा जिल्लामा विषालु मदिराको सेवन बाट दुई दिनमा ४३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सञ्चार माध्ययमका अनुसार थप १० जनाको मृत्यु हुँदा जम्मा मृत्यु हुनेको संख्या ४३ पुगेको हो। यस्तै, सो क्षेत्रमा सरकारले मदिरा उत्पादन तथा बिक्री वितरणमा प्रतिवन्ध लगाएको भएपनि लुकिछिपी बिक्री तथा सेवना गरेको पाइएको छ।
भारतीय प्रहरीले उक्त मदिरा र बिक्री वितरणमा सहभागी भएको आरोपमा १ सय २६ जनालाई पक्राउ गरेको छ।