Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

शहीद लखन गाउँपालिका वडा नम्बर ५ को नवनिर्मित भवनको उद्घाटन


1.5K
Shares

शहीद लखन गाउँपालिका वडा नम्बर ५ को नवनिर्मित भवनको उद्घाटन

गोरखा, २८ मङ्सिर । गोरखाको शहीद लखन गाउँपालिकाका वडा नम्बर ५ को नवनिर्मित वडा कार्यलय भवनको आज उद्घाटन गरिएको छ । ताक्लुङको जुम्ली चौतारामा निर्माण सम्पन्न भएको वडा कार्यालय भवनको गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले उद्घाटन गर्नुभएको हो । कुल ६३ लाख ९८ हजार ७ सय ७५ रुपैया ९८ पैसाको लागतमा भवन निर्माण सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।

गत २०७७ चैतमा एलिना भट्ट निर्माण सेवा गोरखाले गाउँपालिकासंग २०७९ बैशाखसम्म निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । भवन समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै गाउँपालिका अध्यक्ष थापामगरले नवनिर्मित वडा कार्यालयबाट नागरिकहरु छिटोछरितो सेवा सुबिधा प्राप्त गर्ने बिश्वास व्यक्त गर्नुभयो ।

उहाँले पालिका भित्रका सवै नागरिकहरुलाई स्थानीय सरकारको प्रत्याभूति गराउन गाउँपालिका प्रतिबद्ध भएर काम गर्दै आएको बताउनुभयो । भवन उद्घाटन कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकिय अधिकृत बाबुराम मगर, वडाध्यक्ष, गाउँकार्यापालिका सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology