Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा मापसे गरी चलाएको कार दुर्घटना : चालक प्रहरी नियन्त्रणमा


2.1K
Shares

गोरखामा मापसे गरी चलाएको कार दुर्घटना : चालक प्रहरी नियन्त्रणमा

गोरखा,२७ मंसिर । गोरखा बजारको ठिगुरेश्वारा क्षेत्रमा हिजो राती कार दुर्घटना भएको छ । दुर्घटनामा परी चालक सहित २ जना सामान्य घाईते भएका छन् ।

गोरखा नगरपालिका–९ को ठिगुरेश्वारा क्षेत्रमा गोरखा बजारबाट ठिगुरेश्वारा तर्फ जादै गरेको बा। ६ च १८०२ नम्बर कार दुर्घटनामा परी गोरखा नगरपालिका–९ का चालक ३८ बर्षिय राजन कुवर र १० का २४ बर्षिय झम्कनाथ ढुङाना सामान्य घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

सडकबाट १५ मिटर तल खोल्सीमा खसेको उक्त कारका चालकले मादक पदार्थ सेवन गरेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

सामान्य घाईते भएको दुवै जनाको सोमबार राती नै गोरखा अस्पतालमा उपचार गरिएको थियो । उपचार पछि ढुङानालाई घर फर्काएको र चालक कुवरलाई नियन्त्रणमा राखिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology