Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

 गाउँपालिका अध्यक्षका छोरा जंगलमा मृत फेला


1.9K
Shares

 गाउँपालिका अध्यक्षका छोरा जंगलमा मृत फेला

कञ्चनपुर,२६ मंसिर ।  कञ्चनपुरको लालझाँडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाका छोरा मृत अवस्थामा भेटिएका छन्। अध्यक्ष रानाका २० वर्षीय छोरा मनोज राना अहिले दिउँसो लालझाडी गाउँपालिका–२ स्थित जंगलको एउटा रुखमा झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारी नेतृत्वको टोली अहिले घटनास्थलमा पुगेको छ। भण्डारीका अनुसार राना एउटा रुखको हाँगामा प्लाष्टिकको डोरीमा झुण्डिएको अवस्थामा फेला परेका छन्। घटनास्थल घरभन्दा करिब १ किलोमिटर टाढा रहेको छ।

अध्यक्ष राना भने काठमाडौंमा छन्। अध्यक्ष राना बैशाख ३० गते सम्पन्न स्थानीय तह चुनावमा नेकपा एमालेका तर्फबाट पालिका अध्यक्षमा विजयी भएका थिए।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology