काठमाडौ २५ मङ्सिर । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सोसियल मिडियामा हस्तक्षेप गर्नु पर्ने समय आएको बताउनु भएको छ । प्रेस सेन्टर नेपालको केन्द्रिय पदाधिकारीको आइत ललितपुरमा बसेको बैठकलाई सम्बोधन गर्नु हुँदै उहाँले अबको पुस्ता इमेल इन्टरनेट र सामाजिक सन्जाल प्रभाब रहेकाले उनिहरु रास्ट्र र जनताको पक्षमा केन्द्रित गराउनु पर्ने आबश्यकता रहेको बताउनुभयो । अध्यक्ष प्रचण्डले बिदेशमा रहेका लाखौ नेपालीहरुलाई समेत सामाजिक सन्जाल मार्फत सोसियल मिडिया मार्फत सचेत गराउनु पर्ने समय आएको बताउनुभयो । उहाँले पछिल्लो पुस्ताले गणतन्त्र, लोकतन्त्र र सविधान जनयुद्ध र जनआन्दोलनको बलिदानबाट प्राप्त भएको भनेर बुझाउन नसक्नु र उत्त बलिदानले मात्र जनताको बिस्वास जित्न सकिने अबस्था नरहेको बताउनुभयो ।
जनतालाई माया गर्ने रास्ट्र र रास्ट्रीयताको पक्षमा लड्ने पार्टी माओवादी पार्टी मात्र भएको भन्दै उहाँले अझै पनि नेपाली जनताको बिस्वास माओवादी पार्टी प्रती नटुटेको बताउनुभयो । अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा जादा माओवादी पार्टी एक्लै जनताको मत लिने गरि जाने गरि पार्टीलाई लैजानु पर्ने गरि तिखार्न पर्नेमा जोड दिनुभयो ।
उहाँले नेपालको रास्ट्रीय राजनितीको चाबी अझै पनि माओवादीकै हातमा रहेको भन्दै पार्टी कमजोर भएपनी पार्टी जहाँ नीर दर्हो सग उभियो त्यही सरकार बन्ने अबस्था रहेको बताउनुभयो ।