Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखाको पाडेवेशीमा निर्माणाधिन चम्पावती हाइड्रोपावरमा तोडफोड र आगजनी


945
Shares

गोरखाको पाडेवेशीमा निर्माणाधिन चम्पावती हाइड्रोपावरमा तोडफोड र आगजनी

गोरखा,२५ मंसिर । निमार्णधिन ७ मेगावट क्षमताको चम्पावती हाइड्रोपाउरको पाउरहाउस क्षेत्रमा शनिवार एक समूहले तोडफोड र आगजनी भएको छ ।

सिरानचोक २ को पाडेवेशीमा निमार्णधिन चम्पावती हाइड्रोपावरका कारण राईनासटार सिंचाई आयोजना प्रभावित बन्ने भन्दै लमजुङ राइनासटार सिंचाइ आयोजना उपभोक्ताहरुले शनिवार तोडफोड र आगजनी गरेको हो ।

उनीहरुले कार्यालयको कागजातहरु, कम्प्युटर, २ वटा मोटरसाइकल र ठुला २ वटा ट्रकका साथै जेनेरेटर र विभिन्न स्टोरहरुमा समेत आगजनी गरेको लगानी कर्ता मध्येका दुर्गा श्रेष्ठले जानकारी दिए । उनीहरुले पाउवरहाउसमा रहेको कार्यालयमा तोडफोड गरी आगजनी गरेका थिए । तोडफोडबाट पाउरहाउसमा राखिएको मिक्स्चर र डोजरमा समेत क्षति पुगेको छ ।

प्रहरी र प्रशासन नै मुकदर्शक बनिदिदा अप्रिय घटना भएको श्रेष्ठले बताए । आन्दोलनकारीको आक्रमणमा परेर ३ जना प्रहरी समेत घाइते बनाएका छन् । उनीहरुले आगजनी र तोडफोड गरेको फोटो भिडियो नखिच्न भन्दै पत्रकारलाई धम्की समेत दिएका थिए । आन्दोलनकारी भनिएकाहरुले पत्रकारले खिचेको फोटो र भिडियो डिलिट गर्न दवाव समेत दिएका थिए ।

वि सं २०४० सालमा निर्माण गरिएको राइनासटार सिंचाइ आयोजनाका करिव १ हजार ८०० उपभोक्ता रहेको र आयोजनाबाट ८७५ हेक्टर क्षेत्रफल सिंचाइ हुदै आएको छ ।

हाईड्रोपावरले सिंचाई आयोजनाको करिब १०० मिटर तल टर्वाईन राख्ने गरि निर्माण भइरहेको भन्दै त्यसरी निर्माण गरिंदा हिउँदको समयमा राइनासटार सिंचाई आयोजना नहरमा पानी चलाउन समस्या आउने र टारका सबै खेत बाँझो हुने, सिंचाई गर्न नसकिने तथा बर्षामा समेत प्रभावित हुने राइनासटार सिंचाइ आयोजनाका कोषााध्यक्ष गोविन्दराज न्यौपाने जानाकारी दिनुभयो ।

न्यौपानेका अनुसार गत असार २३ गते राईनास नगरपालिकामा लिखित जानकारी गराएको र सोही अनुसार असोज ५ गते राईनास नगरपालिकाको आयोजनामा गरिएको सार्वजनिक सुनुवाईमा पावरहाउस निर्माण पनि नहरमा पानी नजाने हुँदा काम बन्द गर्न किसानहरुले आग्रह गरेका थिए ।

वातावरणीय परीक्षण रिर्पोट ९आईई० मा पावरहाउस सिंचाई आयोजनाको मुहान भन्दा माथि बनाउने उल्लेख छ ।

प्रभावित किसानहरु जलस्रोत मन्त्रालय, सिंचाइ मन्त्रालय, वातावरण मन्त्रालय, विद्युत विकासमा डेलिगेन गइसकेको र आयोजनाको पाउर हाउसको निमार्ण कार्य रोक्ने आदेश भएको एक किसानले बताए । हाईड्रोले त्यसको वेवास्ता गर्दै राइनासटार सिंचाइ आयोजनाको मुहानबाट २०० मिटर तल बनाउन लागेको भन्दै त्यसलाई स्थगित नगरे अझै शसत्त आन्दोलनमा उत्रने पिडित किसानहरुको भनाई छ ।

चम्पावती हाईड्रोपावरका निर्देशक डा।हरेराम पराजुलीका अनुसार पावरहाउसबाट निस्केको चेपेखोलाको पानी पुनः नहरको मुहान भन्दा माथि लगेर खसाउने गरी काम भइरहेको बेला हुल हुज्जगरी तोडफोड र आगजनी हुनु निन्दनीय कार्य भएको भन्दै अब आफुहरु कानूनी प्रकृयामा जाने बताउनुभयो ।

चम्पावती हाइड्रोपाउरले लमजुङ राइनासटार सिंचाइ आयोजना प्रभावितको माग सुन्नु पर्ने र उनीहरुको मागको सुनुवाइ बिना आयोजना अघि बढ्न नसक्ने राइनास नगरपालिकाका प्रमुख खडग गुरुङको धारणा छ ।

०८० साल असार महिना भित्रमा सम्पन्न गर्नेगरी काम भईरहेको आयोजनामा ६० प्रतिशत काम सम्पन्न भएको छ । आयोजनाको कुल लागत १ अर्ब ३२ करोड रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology