Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

अर्घाखाँचीमा कार दुर्घटना : एकै परिवारका ५ जना घाइते, २ को अवस्था गम्भीर


1.9K
Shares

अर्घाखाँचीमा कार दुर्घटना : एकै परिवारका ५ जना घाइते, २ को अवस्था गम्भीर

अर्घाखाँची, २४मंसिर । अर्घाखाँचीको गोरुसिङ्गे सन्धिखर्क सडकखण्डको शितगंगा २ सितापुर राजुबास झोलङ्गेपुल नजिकै शनिबार बिहान कार दुर्घटना हुँदा एकै घरपरिवारका ५ जना घाइते भएका छन् । सुपादेउराली दर्शन गरेर फर्कने क्रममा ग३ ज १५७९ नम्बरको कार सडकबाट करिब ८० मिटर तल सितखोलामा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परि घाइते हुनेहरूमा तनहुँ जिल्ला आँबुखैरेनी गाउँपालिका ३ का ५५ वर्षीय लक्ष्मी त्रिपाठी , ५२ वर्षीय अंशु त्रिपाठी, २७ वर्षीय शिशिर त्रिपाठी, २५ वर्षीया प्रकृति त्रिपाठी र कार चालक ३१ वर्षीय शिसन त्रिपाठी रहेको प्रहरीले जनाएको छ । घाइते मध्ये प्रकृति त्रिपाठी र चालक शिसन त्रिपाठीको अवस्था गम्भीर रहेको प्राथमिक स्वास्थ्य केन्द्र ठाडाले जनाएको छ । कारको ब्रेक फेल भई अनियन्त्रित हुँदा सडक बाट तल खोलामा खसेको बताइएको छ ।

दुर्घटनाको जानकारी पाउने बित्तिकै तत्काल इलाका प्रहरी कार्यालय ठाडाबाट प्रहरी टोली र स्थानीय बासिन्दा घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरिएको छ । घाइते सबै जनाको ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागी बुटवल रिफर गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology