Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

शैक्षिक गुणस्तर वृद्धिमा अजिरकोट गाउँपालिका अब्बल बन्दै

2.9K
Shares

शैक्षिक गुणस्तर वृद्धिमा अजिरकोट गाउँपालिका अब्बल बन्दै

गोरखा,२४ मंसिर । पुरानो शिक्षा प्रणालीको शिक्षामा ख्याती कमाएको हिजोको खरिबोट, सिमजुङ, हँसपुर क्षेत्र समेटिएर बनेको अजिरकोट गाउँपालिका नयाँ शिक्षा प्रणालीमा समेत आफूलाइ अब्बल सावित गर्न अघि बढीरहेको छ । शिक्षाको विकासले अरु विकासलाइ समेत सँगै लिएर आउने भएकाले शिक्षाका लागि शुक्ष्म ढँगले लागि परेको गाउँपालिका अध्यक्ष दिपक देवकोटाले जानाकारी दिनुभयो ।

पालिकाको शैक्षिक गुणस्तर वृद्धिका लागि समिति बनाएर काम गर्ने गरेको उहाँले बताउनुभयो । छलफलबाट हुने निर्णयहरु सतप्रतिशत कार्यन्वयनमा आएका छन् उहाँले भन्नुभयो । नियमित पठपाठनसँगै विद्यार्थीका अतिरिक्त क्रियाकलापहरुलाइ पालिका स्तरीय बनाइ कार्यन्वयनका चरणमा रहेका छन् ।

तहगत र कक्षागत रुपमा उत्कृष्ट विद्यार्थी शिक्षक पुरस्कार, शिक्षाका सरोकारवालाहरुसँगको अन्तरक्रिया, विज्ञान विषय र प्राविधिक धार विषयको व्यवस्थापन, शिक्षकहरुको तहगत, विषयगत र पेशागत क्षमता विकास कार्यक्रम, एकीकृत पाठ्यक्रम तालिम, शिक्षक, प्रधानाध्यापक क्षमता विकास कार्यक्रम, रनिङ शिल्ड, विभिन्न खेलकुद प्रतियोगिता, स्काउट व्यवस्थापन तालिम, वार्षिक शैक्षिक पात्रो निर्माण गरी कामहरु अघि बढेका छन् ।

प्राविधिक धार तर्फ सिटिइभिटीका कार्यक्रमहरु सञ्चालनमा रहेका छन् । निकट भविष्यमा अजिरकोट गाउँपालिकामा स्तातक तह तर्फको क्याम्पस स्थापना हुनेमा यस क्षेत्रका शैक्षिक सरोकारवालाहरुको अपेक्षा समेत रहेको छ ।

गाउँपालिकाले विद्यार्थी सँख्या न्युन भएका विद्यालयहरु धमाधम मर्ज गर्न थालेको छ । माध्यमिक तहमा सोही तहका स्थायी शिक्षकहरुको व्यवस्थापन गरी शैक्षिक गुणस्तरका लागि प्रधानाध्यापकसँग सम्झौता गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology