पोखरा, २३ मंसिर । चुनावी अभियानका क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १३ कात्तिकमा गोरखामा भनिदिए, सुरेन्द्र पाण्डे मुख्यमन्त्री बन्छन् ।’ कांग्रेसबाट गोरखा २ (१) मा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका पाण्डेलाई मुख्यमन्त्री बनाउन कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल भइसकेको बताउनुभयो ।
चितवनबाट गोरखा पुगेर क्षेत्र नम्बर २ बाट प्रचण्डले जित्दा प्रदेश सभा २ मा पाण्डेले जिते । प्रचण्ड नै गोरखा आउने भएकाले संघ छोडेर आफू प्रदेश झरेको बताउने पाण्डे कांग्रेसमा शेरबहादुर विचार समूहका हुन् । त्यसमाथि प्रचण्ड, बाबुराम लगायतको जोडबलमा गण्डकीमा कांग्रेस संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बन्न लागिपरेका छन् ।
तर कांग्रेसभित्रै मुख्यमन्त्रकिो आकांक्षी पाण्डे एक्लै छैनन् । मुख्यमन्त्रीका आकांक्षी कांग्रेसका गण्डकी सभापति शुक्रराज शर्मा समानुपातिकतर्फ खसआर्यमा १ नम्बरमा थिए । तर ९ सिट पाएको कांग्रेसले सबै महिला पठाउनुपनर्े भएकाले प्रदेशसभामा जाने र मुख्यमन्त्री बन्ने शुक्रराजको योजनामा ब्रेक लागेको छ ।
कास्की(२ (२) मा दोस्रो पटक चुनाव जितेका विन्दुकुमार थापा पनि मुख्यमन्त्रीका आकांक्षी छन् । यद्यपि संस्थापन समूहका थापा देउवाको निर्णयलाई स्वीकार गरेर जान आफू तयार रहेको बताउँछन् । अर्थात देउवाले पाण्डेलाई संसदीय दलको नेताका रुपमा अघि सारे थापा पछाडि हट्न सक्छन् । तर पाण्डेलाई टक्कर दिन कांग्रेसका पाका नेता स्याङ्जाका भोजराज अर्याल आइपुगेका छन् । स्याङ्जामा ५ दशकदेखि निष्ठाको राजनीति गरेको, तर देउवा समूहका गोपालमान श्रेष्ठका कारण माथि उठ्न नसकेको नेताका रुपमा भोजराजलाई चित्रित गर्ने गरिन्छ ।
प्रदेशभा सदस्यको चुनाव जितेपछि अर्याल काठमाडौंमा लबिइङ गरिहेका छन्, जसलाई स्याङ्जा २ बाट प्रतिनिधिसभा सदस्यको चुनाव जितेका उपसभापति धनराज गुरुङको पनि साथ छ । अर्याल भन्छन्, ‘पाण्डेजी राष्ट्रिय सभामा टेस्ट भइसक्नुभयो, राम्रो प्रस्तुति दिन नसकेर आलोचित हुनुभयो । म टेस्टेड होइन, अब मैले पालो पाउनुपर्छ ।’
नवलपुरबाट चुनाव जितेका महेन्द्रध्वज जिसीले पनि कांग्रेस संसदीय दलको नेता हुन दौडधुप गरिरहेका छन् । महेन्द्रध्वज गण्डकीको सभापति हुन चाहेका थिए, तर कास्कीका शुक्रराजले नेताहरुको मन जितेपछि उनी पछि हटे । संस्थापन इतर समूहका प्रदेशसभा सदस्य जिसीको दाबी छ, क्षमता र ज्येष्ठताका आधारले पनिसंसदीय दलको नेता हुन योग्य छु ।’
राष्ट्रियसभामा कांग्रेसको संसदीय दलको नेता भइसकेका पाण्डे भने प्रदेशसभा सदस्यले गण्डकीमा दलको नेता हुँदै मुख्यमन्त्री आफू नै बन्ने दाबी गर्छन् ।
गण्डकीमा सरकार समीकरण कसरी बन्छ, कांग्रेस संसदीय दलको नेता को बन्छ लगायतका विषयमा मुख्यमन्त्रकिा आकांक्षी सुरेन्द्र पाण्डेसँग गरिएको संक्षिप्त कुराकानी माओवादीले पनि सरकारको दाबी गरिरहेकै छ, सबैभन्दा ठूलो दल कांग्रेसको धारणा के छ । अघिल्लो पटक १५ सांसद हुँदा त गठबन्धनबाट सरकारको नेतृत्व गरेको कांग्रेसले यसपटक २७ सीट ल्याउन सफल भयो । गण्डकीमा कांग्रेसकै नेतृत्वमा सरकार बन्ने हो ।
माओवादी अध्यक्ष प्रचण्डले नै गण्डकी प्रदेशमा माओवादीको दाबी रहन्नँ, यहाँ कांग्रेसलाई नै हो भन्नुभएको थियो । प्रचण्डसँगै अर्का नेता बाबुराम भट्टराईले पटक (पटक मलाई अबको मुख्यमन्त्री भन्नुभएको छ । मलाई मुख्यमन्त्री बनाउन कांग्रेस सभापति देउवासँग कुरा गरिसकेको पनि भन्नु भएको छ । त्यसैले गण्डकी कांग्रेसले नै पाउँछ र मुख्यमन्त्री मै हुँ । यद्यपि चुनावको सबै परिणाम आइसकेपछि प्याकेजमा डिल गर्ने भनिरहेका छन् नेताहरुले ।
तपाईंलाई मुख्यमन्त्रीको दाबेदारका रुपमा हेरिएको थियो, अरु नेताहरले पनि आकांक्षा राख्नु भएको रहेछ नि प्रत्येक सांसदलाई म मुख्यमन्त्री हुन्छु भन्ने अधिकार छ । त्यसैले म पनि दाबेदार हुँ भन्नु के ठूलो कुरा भयो र १ तर सर्वसम्मत भए मेरै नाममा हुन्छ, सर्वसम्मत भएन चुनाव हुन्छ र संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बन्ने मै हुँ ।
मै हुँ, मबाहेक अरु हुँदैन भन्ने दाबीको आधार के हो
म नेताहरुकै आग्रहमा प्रदेश झरेको हुँ । म लगातार ३ कार्यकालदेखि केन्द्रीय सदस्यमा निर्वाचित छु । राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेता भएर काम गरिसकेकाले पनि म सबैभन्दा बलियो दाबेदार हुँ । अनुभव र सिनियर नेता भएका कारण पनि गण्डकीमा मेरै नेतृत्वमा सरकार बन्छ भन्ने हो । अरु नेताहरुले पनि आकांक्षा राख्ने कुरालाई सम्मान गर्नुपर्छ ।
कांग्रेस संसदीय दलको अंकगणित
गण्डकीको कांग्रेस संसदीय दलमा संस्थापन र इतर समूहबीच कडा टक्कर देखिएको छ । प्रत्यक्षतर्फ १८ सिट जितेको कांग्रेसले समानुपातिकमा ९ सिट पाएको छ र, २७ सदस्यीय कांग्रेस संसदीय दलमा इतर समूहको एक मत कम रहेको हिसाब नेताहरुको छ ।
कांग्रेसले प्रत्यक्षतर्फ २१ सिट पाएको थियो । टिकट वितरणका हिसाबले दुवै समूह बराबरी अवस्थामा थियो । तीन क्षेत्रमा हार व्यहोर्दा इतर समूहका दुई र संस्थापन पक्षका एक जनाले हार ब्यहोरे । कास्की १ १ मा दीपक गुरुङ माइला, पर्वत प्रदेश सभा २ मा पराजित ऋषिकेश तिवारी शेखर कोइराला निकट थिए । स्याङ्जा १ को प्रदेश सभा २ मा पराजित वुद्धिबहादुर गुरुङ कुमार देउवा समूहका थिए । अहिले समानुपातिकसहित सांसद हेर्दा देउवा विचार समूहका १४ र इतर समूहका १३ जना सांसद गण्डकीमा छन् ।
देउवा समूहका सांसद प्रत्यक्षतर्फ(सुरेन्द्र पाण्डे गोरखा, विन्दुकुमार थापा कास्की , डा टकराज गुरुङ लमजुङ , जीतप्रकाश आले ९तनहुँ०, मुनिन्द्रजंग गुरुङ मनाङ, महेश भट्टराई स्याङ्जा, द्रोणकुमार कुँवर बागलुङ , जीत शेरचन बागलुङ दीपेन्द्रबहादुर थापा बागलुङ । समानुपातिकतर्फ( विमला गौचन, चम्पादेवी खड्का, सरस्वती तिवारी, सरस्वती गुरुङ र दिलमाया पौवी ।
देउवाइतर समूहका सांसद प्रत्यक्षतर्फ(प्रकाश बराल कास्की , डिल्लिराम सुवेदी बागलुङ, अशोककुमार श्रेष्ठ तनहुँ, भेषबहादुर पौडेल लमजुङ , नन्दप्रसाद न्यौपाने नवलपुर, महेन्द्रध्वज जिसी नवलपुर, विकल शेरचन मुस्ताङ, भोजराज अर्याल स्याङ्जा, समानुपातिकतर्फ(कल्पाना तिवारी स्याङ्जा
, रेखा गुरुङ पर्वत, सरस्वती गुरुङ कास्की, पार्वती तामाङ लमजुङ, टीकाकुमारी बस्याल लमजुङ ।