Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाको मनकामना मन्दिरमा बिहानै भक्तजनको घुइचो


2.1K
Shares

गोरखाको मनकामना मन्दिरमा बिहानै भक्तजनको घुइचो

गोरखा, २४ मङ्सिर । गोरखाको मनकामना मन्दिरमा बिहानै भक्तजनहरुको भीड लागेको छ । नेपालकै प्रसिद्ध धार्मिकस्थलको रुपमा रहेको मनकामना मन्दिरमा पुजाआजाका लागि भक्तजनहरु लाइनमा घण्टौ पालो पर्खेर बस्नुपरेको हो । शनिबारको दिन भएकाले पनि मन्दिरमा दर्शन र पुजाआजाका लागि पुग्नेहरुको संख्या अत्याधिक भएको हो ।

शुक्रबार साँझ नै मन्दिरमा पुगेका भक्तजनहरुले मनकामना बजार क्षेत्रका होटलहरु खचाखच भरिएका थिए । मनकामना दर्शन गर्न नेपालभरसँगै भारतबाटसमेत दर्शनार्थीहरु पुग्ने गरेका छन् । मन्दिरमा भाकलसमेत चढाउने चलन छ । मनकामना मन्दिरमा बलिसमेत चढ्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology