Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

घरको बरण्डाबाट लडेर ५० वर्षीय एकपुरुषको मृत्यु


1.1K
Shares

घरको बरण्डाबाट लडेर ५० वर्षीय एकपुरुषको मृत्यु

जनकपुरधाम, २१ मंसिर । सर्लाहीमा तीनतले घरको बरण्डाबाट लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ वीरेन्द्र बजारका ५० वर्षीय भरतलाल लामा छन् ।

उनी लालबन्दी नगरपालिका १ स्थित संजय कुशवाहाको घरमा डेरा गरी बस्दै आएका थिए । मंगलबार राति साढे ८ बजेको समयमा बरण्डामा बस्ने क्रममा अचानक तल खसेर गम्भीर घाइते भएका थिए ।

हरिवनस्थित नमूना अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको सर्लाही प्रहरी प्रवक्ता डिएसपी विजय श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाउने पहल भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology