Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

बारपाक सुलिकोटमा आजदेखी आँखा परिक्षणसहितको शल्यक्रिया शिविर सुरु


2.9K
Shares

बारपाक सुलिकोटमा आजदेखी आँखा परिक्षणसहितको शल्यक्रिया शिविर सुरु

गोरखा, २१ मंसिर । गोरखाको बारपाक सुलिकोट गाँउपालिकामा आजदेखी आँखा परिक्षणसहितको शल्यक्रिया शिवर सुरु भएको छ ।  गाउँपालिकाको आयोजना र नेत्रज्योति संघ गोरखाको प्राबिधिक सहयोगमा आँखा शिवर  सुरु भएको हो ।

पालिका भित्रका आँखाका समस्य भएका नागरिकको उपचार गर्नका लागी शिविरको आयोजना गरिएको गाँउपालिकाका जनस्वास्थ्य निरिक्षक कृष्ण ट्टले जानकारी दिनुभयो । बुधबारबाट सुरु भएको शिविरका लागी सूचना मार्फत पलिका भित्रका सबै वडामा शिविर हुने स्थान र समय पनि तोकिदिएको उहाँको भनाई छ ।

पहिलो आज वडा नंं.१ को बारपाक स्वास्थ्य चौकीमा बिहान ८ बजेदेखी शिविर सुरु भएको जनाएको छ । यस्तै वडा नं. २ मान्द्रे आधारभूत स्वास्थ्य सेवा केन्द्रमा दिउँसो १ बजेदेखि ४ बजेसम्म शिविर हुनेछ । भोली बिहीबार २२ गते वडा नं.३ को सौरपानी स्वास्थ्य चौकीमा बिहान ८ बजेदेखी १२ बजे सम्म बिहीबारनै वडा नंं. ४ रन्चोक सामुदायिक स्वास्थ्य सेवा केन्द्रमा दिउँसो १ बजेदेखी ४ बजेसम्म शिविर हुनेछ भने वडा नं.४ कै स्वाँरा स्वास्थ्य चौकीमा शुक्रबार बिहान १० बजेदेखी ३ बजेसम्म शिविर हुने सूचनामा उल्लेख छ ।

शनिबार वडा नं. ७ पाँचखुवा देउराली स्वास्थ्य चौकीमा बिहान ८ बजेदेखी १२ बजे सम्म र दिउँसो १ बजेदेखी ४ बजेसम्म वडा नं.८ पन्द्रुङ स्वास्थ्य चौकीमा शिविर हुनेछ । यस्तै आइतबार वडा नं. ५ ताकुमाझ स्वास्थ्य चौकीमा बिहान ८ बजेदेखी १२ बजे सम्म र दिउँसो १ बजेदेखी ४ बजेसम्म वडा नं. ६ ताकुकोट स्वास्थ्य चौकीमा शिविर हुने जनाएको छ । यसैगरी पुष ५ र ६ गते वडा नं.५ ताकुमाझ स्वास्थ्य चौकी, लाकुरीबोटमा बिहान १० बजेदेखी ३ बजेसम्म शल्यक्रिया सहितको शिविर हुने जनस्वास्थ्य निरिक्षक भट्टले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology