Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

नेप्सेमा सामान्य वृद्धि


889
Shares

नेप्सेमा सामान्य वृद्धि

काठमाडौं, १८ मंसिर। साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा एकल अंकको सामान्य वृद्धि भएको छ । आइतबार बजार परिसूचक नेप्से २.१६ अंक (०.११ प्रतिशत) ले वृद्धि भएर १९६३.२२ अंकमा बन्द भएको छ ।

अधिकांश उपसूचकमा वृद्धि भएपनि बैंकिङ, विकास बैंक, वित्त कम्पनी र उत्पादनमुलक उपसूचकमा गिरावट भएको छ । बजारलाई लिड गर्ने बैंकिङ उपसूचक नै घट्दा अधिकांश उपसूचक बढेपनि नेप्सेमा सामान्यमात्रै वृद्धि देखिएको छ । आइतबार जीवन बीमा उपसूचक भने १.९८ प्रतिशतले वृद्धि भएको छ ।

नेप्सेमा सामान्य वृद्धि हुँदा कारोबार रकम पनि डेढ अर्ब नाघेको छ । ३६ लाख ९४ हजार ८४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ५६ करोड १७ लाख २ हजारको कारोबार भएको छ । जसमध्ये नबिल बैंकको सर्वाधिक १९ करोड ८० लाख ६७ हजारको कारोबार हुँदा नेस्डो समृद्धि लघुवित्तको ८ करोड ७७ लाख १५ हजार र फस्ट माइक्रोफाइनान्सको ७ करोड ११ लाख १८ हजारको कारोबार भएको छ ।

आइतबार नेप्सेमा कुल १९९ कम्पनीको सेयर कारोबार हुँदा ९७ कम्पनीको सेयर मूल्य बढेको छ भने ८९ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै १३ कम्पनीको सेयर मूल्य स्थिर छ । धौलागिरी लघुवित्तको सेयर मूल्य ९.९८ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट लेभलमा बन्द हुँदा ओरियन्टल होटलको सेयर मूल्य ६.५७ प्रतिशत र खप्तड लघुवित्तको सेयर मूल्य ६.०७ प्रतिशतले बढेको छ ।

यता नेस्डो लघुवित्तको सेयर मूल्य ६.११ प्रतिशतले गिरावट हुँदा नबिल बैंकको ३.४० प्रतिशतले गिरावट भएको छ । यस्तै पोखरा फाइनान्सको सेयर मूल्य २.८३ प्रतिशतले गिरावट भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology