Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

बारपाक सुलिकोटमा स्त्री रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सय १८ जना लाभान्वित


2.9K
Shares

बारपाक सुलिकोटमा स्त्री रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सय १८ जना लाभान्वित

गोरखा, १७ मंसिर । गोरखाको बारपाक सुलिकोट गाँउपालिकामा स्त्री रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गाउँपालिका र स्वदेशी नेपालको आयोजनामा यहीँ मंसिर १२ गतेदेखि सुरु भएको शिविर आज सम्पन्न भएको हो ।

No description available.

पालिका भित्रका ८ वटै वडालाई समेटेर स्वदेशी तथा विदेशी महिला चिकित्सकहरुद्धारा स्त्री रोग सम्बन्धी निशुल्क स्वास्थ्य परिक्षण तथा उपचार शिविर सम्पन्न गरिएको गाँउपालिकाका जनस्वास्थ्य निरिक्षक कृष्ण भट्टले जानकारी दिनुभयो । ६ दिनसम्म सञ्चालन भएको शिविरमा वडा नम्बर १ देखि ८ सम्मका ६ सय १८ जना महिलाहरुले स्वास्थ्य उपचार सेवा लिएको भट्टले बताउनुभयो ।

No description available.

शिविरमा स्वस्थ्य उपचार गराएका मध्ये ३१ जनाको पाठेघरको अप्रेसन गर्नुपर्ने चिकित्सकहरुले बताएको उहाँले जानकारी दिनुभयो । अप्रेसन गर्नुपर्ने बिरामीहरुको बारपाक सुलिकोट गाउँपालिका र स्वदेशी नेपालको सहयोगमा गोरखा अस्पताल तथा काठमाडौंका विभिन्न अस्पतालहरुमा निशुल्क अप्रेसनको व्यवस्था मिलाइने भट्टको भनाई छ ।

No description available.

No description available.

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology