Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

३५ वर्षीय भारतीय नागरिकमाथि गोली प्रहार


2.4K
Shares

३५ वर्षीय भारतीय नागरिकमाथि गोली प्रहार

रुपन्देही१६ मंसिर, रुपन्देही । कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार भएको छ । जिल्लाको मायादेवी गाउँपालिका ४ चाकरचौडामा भारत सिद्धार्थनगर जिल्लाको अलिगढवाका ३५ वर्षीय ईरशाद खान माथि दुई गोली प्रहार भएको हो ।

चाकरचौडा बजारको एक होटलमा रहेका भारतीय नागरिक खान माथि काँध र कम्मरमा गरी दुई गोली लागेको कपिलवस्तुका प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेतले जानकारी दिनुभयो । गोली लागेर घाइते भएका उनलाई उपचारको लागि भारतको गोरखपुर मेडिकल कलेज पुर्याइएको बस्नेतले बताउनुभयो।

गोली हान्ने व्यक्तिको पहिचान भएको छैन । भारतीय प्रहरीसँगको समन्वयमा गोली हान्ने व्यक्तिको खोजी र अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology