Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

बढ्यो सुन,चाँदीको मूल्य


1.4K
Shares

बढ्यो सुन,चाँदीको मूल्य

काठमाडौं १५, मंसिर । आज नेपाली बजारमा सुनचाँदीकै मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य ४० रूपैयाँले बढेको जानकारी दिएको हो । यससँगै आज छापावाल सुनको मूल्य तोलामा ९८ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा ९७ हजार ६०० रूपैयाँ छ ।

हिजो बुधबार छापावाल सुनको मूल्य ९७ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा ९७ हजार १०० रूपैयाँ थियो । हिजो बुधबार सुनको भाउ तोलामा २०० रूपैयाँले बढेको थियो ।

मंगलबार छापावाल सुन तोलामा ९७ हजार ४०० र तेजाबी सुन तोलामा ९६ हजार ९०० रूपैयाँ थियो । यस्तै, आज चाँदीको मूल्य एकैदिन ह्वात्तै बढेको छ । हिजो तोलामा १२ सय ९० रूपैयाँ रहेको चाँदीको मूल्य आज ४० रूपैयाँले बढेर १३ सय ३० रूपैयाँ पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology