Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

ट्युनिसियाविरुद्ध गोलले मान्यता नपाएपछि फ्रान्सले दियो फिफामा उजुरी


1.4K
Shares

ट्युनिसियाविरुद्ध गोलले मान्यता नपाएपछि फ्रान्सले दियो फिफामा उजुरी

काठमाडौं,१५ मंसिर । फिफा विश्वकपमा ट्युनिसियाविरुद्ध गोलले मान्यता नपाएपछि फ्रान्सेली फुटबल संघले फिफामा उजुरी दिएको छ । खेलको अन्तिम समयमा एन्टोनी ग्रिजमनले गरेको गोललाई मान्यता नदिए पछि संघले फिफामा उजुरी दिएको हो । उक्त गोलले मान्यता नपाएपछि ट्युनिसिया विरुद्धको खेलमा फ्रान्स १(० ले पराजित भएको थियो ।

एजुकेसन सिटी स्टेडियममा ट्युनिसिया विरुद्ध एक गोलले पछि परेको अवस्थामा ग्रिजमनले इन्जुरी टाइमको अन्तिम तथा आठौं मिनेटमा गोल गरेका थिए । तर रेफ्री म्याथ्वु कोङ्गरले भीएआरको सहयोगपछि उक्त गोललाई अफसाइड दिएका थिए । जसले गर्दा फ्रान्स पराजित भयो । चुवामेनीले बल क्रस गर्दा ग्रीजमन अफसाइडमा देखिएका थिए । तर बल आइसकेपछि उनी अनसाइडमा देखिएका थिए ।

एफएफएफले खेल सकिएको २४ घण्टा भित्रमा फिफामा उजुरी हाल्न पाउने जनाएको छ । यसबारे अन्य केही जानकारी भने आएको छैन । साविक विजेता फ्रान्सले सन् २०१४ मा जर्मनीसँग क्वाटरफाइनलमा पराजित भएयता विश्वकपमा पहिलो पटक पराजित भएको हो । हारका बावजुत पनि समूह ‘डी’ मा ६ अंक जोड्दै फ्रान्स समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको छ । फ्रान्सले अब समूह ‘सी’ को उपविजेता पोल्याण्डसँग खेल्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology