Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

मोटरसाइकल दुर्घटना हुँदा ३० वर्षीय युवकको मृत्यु


2K
Shares

मोटरसाइकल दुर्घटना हुँदा ३० वर्षीय युवकको मृत्यु

हेटौंडा,१४ मंसिर । मकवानपुरको बकैया–३ हात्तिसुढेमा मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका श्रीपुरका ३० वर्षीय श्याम लामाको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।

मंगलबार राति हात्तिसुढेबाट श्रीपुरतर्फ आउँदै गरेको प्रदेश २ ०३ ०१८ प २५५७ नम्वरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकको नालीमा खसेर दुर्घटना हुँदा लामा घाइते भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology