Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

नेप्से परिसूचक २.९९ अंकले बढ्यो


1.5K
Shares

नेप्से परिसूचक २.९९ अंकले बढ्यो

काठमाडौं,१३ मंसिर । मंगलबार नेप्से परिसूचक २.९९ अंकले बढेको छ। आज नेप्से ०.१५ प्रतिशतले बढेर १९५३.३५ बिन्दुमा पुगेर बन्द भएको छ।

नेप्से परिसूचक बढे पनि आज कारोबार रकममा भने कमी आएको छ।

अघिल्लो कारोबार दिन अर्थात् सोमबार १ अर्ब ४९ करोड ४३ लाख ९४ हजार ६१३ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम घटेर आज ९५ करोड ७० लाख ६० हजार २२५ रुपैयाँमा सीमित भएको छ।

यस दिन २३४ वटा धितोपत्रको २५ लाख ८९ हजार ९९७ कित्ता सेयर किनबेच भएको छ।

मंगलबार धैलागिरी लघुवित्तको सेयर मूल्य सर्वाधिक वृद्धि भएको छ। कम्पनीको सेयर मूल्य ६।१० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य २६६ रुपैयाँमा बन्द भएको छ।

त्यस्तै, गरिमा एनसिसी बैंकको सेयर मूल्य ५.०५ प्रतिशतले बढेर प्रति कित्ता मूल्य १८७ रुपैयाँ कायम भएको छ।

यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा एनआइसी एशिया ब्यालेन्सड् फण्ड रहेको छ। उक्त योजनाको इकाइ मूल्य ४.६० प्रतिशतले घटेर प्रति इकाइ मूल्य ८ रुपैयाँ ५१ पैसामा झरेको छ।

त्यस्तै, ग्लोबल आइएमई ब्यालेन्सड् फण्ड–१ को इकाइ मूल्य ३।६८ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ७ रुपैयाँ ८६ पैसामा बन्द भएको छ।

मंगलबार सर्वाधिक सेयर खरिद–बिक्री हिमालयन डिष्टिलरीको भएको छ।

यस दिन कम्पनीको तीन हजार ९७० रुपैयाँमा ९ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा नबिल बैंक रहेकोे छ। उक्त कम्पनीको ८७७ रुपैयाँमा ४ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ७ समूहको परिसूचक बढेको छ भने बाँकी ६ समूहको परिसूचक घटेको छ। यस दिन वित्त समूहको परिसूचक सर्वाधिक १।२१ प्रतिशतले बढेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology