गोरखा, १३ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अबको आवश्यकता विकास र सुशासन भएको बताउनु भएको छ । समाजवादको आधार तयार पार्ने समृद्धिको नयाँ यात्रा आर्थिक क्रान्तिका लागि गोरखा तिर आफ्नो ध्यान रहेको अध्यक्ष प्रचण्डले बताउनुभयो । सुशासन र विकासबाट नै जनतामा भ्रम छर्ने प्रवृतिलाई परास्त गर्न सकिने उहाँले बताउनु भएको थियो ।
गोरखा–काठमाडौं सम्पर्क मञ्चद्वारा ललितपुर खुमलटारमा आयोजित बधाई कार्यक्रमलाई सम्बोधन गर्दै गोर्खाली जनााताको भरोसा, विश्वासमा कायम गर्ने बताउनु भएको हो । ‘राष्ट्रलाई एकता, समृद्धि र सुशासन तिर लैजाने उपयुक्त थलो गोरखा हो । त्यहाँको जनताको भरोसा, विश्वास र बलमा मैले राष्ट्रिय एकता पनि कायम गर्नुपर्छ ।’ उहाँले भन्नुभयो, ‘ राजनीतिमा देखा पर्न खोजेका आवेग, असन्तुष्टी र निराशालाई पनि सम्बोधन गर्ने ढंगले गोरखार्ली जनताको विश्वासको बलमा अगाडि बढ्नुपर्छ ।’ अध्यक्षले आफूलाई गोर्खाली जनताले गरेको विश्वास र दिएको जिम्मेवारी पुरा गर्ने सङ्कल्प गरेको बताउनुभयो ।
उहाँले आउने ५ वर्षमा गोरखा जिल्लामा जनताले देख्ने, बुझ्ने महशुस गर्ने गरी विकासलाई गति दिने उहाँको भनाई छ ।‘गोरखाको भौतिक संरचनाको विकासको कुरा र त्यहाँको शिक्षा, स्वास्थ्य, रोजगारी र खाद्य सम्प्रभुता, पर्यटन विकास, कृषिको आधुनिकिकरण लगायतका यी सबैमा मेरो ध्यान छ ।’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘ठूला परियोजनालाई पूर्णतामा लैजान र नयाँ परियोजना शुरु गर्नुपर्ने पनि छ । यी सबै पुरा गर्न तपाईहरु सबैको साथ सहयोग मिल्नेमा म विश्वस्त पनि छु ।’
अध्यक्ष प्रचण्डले गोर्खाली जनसमुदायको सद्भाव गोरखा र केन्द्र दुबै स्थानमा काम गर्नका लागि आफूलाई थप उत्प्रेरणा प्रदान गरेको बताउनुभयो ।