Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

फिफा विश्वकप : इन्जुरी टाइममा २ गोल गर्दै इरानले हरायो वेल्सलाई


1.7K
Shares

फिफा विश्वकप : इन्जुरी टाइममा २ गोल गर्दै इरानले  हरायो वेल्सलाई

काठमाडौं ९ मंसिर । फिफा विश्वकप २०२२ मा इरानले पहिलो जित हात पारेको छ।

शुक्रबार भएको समूह ‘बी’ क‍ो खेलमा इरानले १० खेलाडीमा सीमित वेल्समाथि २—० गोलको जित निकाल्यो।

इरानले दुवै गोल दोस्रो हाफको इन्जुरी समयमा गरको हो ।

इन्जुरी समयको आठौं मिनेटमा चेस्मीले पहिलो गोल गर्नुभयो । दुई मिनेट पछि रामिनले अग्रता दोब्बर पार्नुभयो।

त्यसअघि ८६ मिनेटमा वेल्सका गोलकिपरले इरानका खेलाडीलाई डिबक्स बाहिर फल गरेपछि रातो कार्ड पाएका थिए। त्यसअघि इरानले वेल्सलाई लगातार दबाबमा राखेको थियोे।

यसअघि इरानलाई इंग्ल्यान्डले ६—२ गोलले हराउदा वेल्सले अमेरिकासँग बराबरी खेलेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology