Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

चितवनमा बलात्कारपछि महिलाको हत्या आरोपमा गोरखाका दुई पक्राउ


2K
Shares

चितवनमा बलात्कारपछि महिलाको हत्या आरोपमा गोरखाका दुई पक्राउ

मंसिर–८ गोरखा । जिल्ला प्रहरी कार्यलय चितवनले बलात्कार गरी महिलाको हत्या गरेको आरोपमा गोरखाका दुइ जना युवालाई पक्राउ गरेका छन् । पक्राउ पर्र्नेमा गोरखा सिरानचोक ठेगना भएका हाल भरतपुर महानगरपालिका(२) तिनखोले बस्ने २३ बर्षिय सन्दिप गुरुङ र सोही स्थानका विजय परियार पक्राउ परेको चितवनल जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार निर्वाचनको मतदानका दिन आईतवार बिहान ६ बजे तिर भरतपुर–२ दुर्गामन्दिर चोकको प्रतिक्षालय पछाडी हाट बजार लाग्ने कम्पाउण्डर सहितको चौरमा ५५–६० बर्षको महिलाको शब फेला परेको थियो । अबस्था हेर्दा हत्या गरेको आशंका बढेपछि प्रहरीले स्थानीयसँग सोधपुछ र ती ठाँउमा जडान भएका सीसी क्यामेराका फुटेज हेरेर घटनामा संलग्न भएका हुनु सक्ने ब्यक्तिको पहिचान गरेको थियो ।

प्रहरीले पहिला सन्दिपलाई नियन्त्रणमा लिएको थियो । उनैसँग सोधपुछ गरेपछि बिजयलाई भरतपुरको क्षेत्रपुरवाट नियन्त्रणमा लिएको प्रहरीले जानाकारीदिएको छ । सोधपुछको क्रममा दुईजनाले महिलालाई जबरजस्ती करणी गरेको र पछि ढुङ्गाले हानेर हत्या गरेको प्रहरीको भनाई रहेको छ महिलालाई प्रहार गरेको ढुंङ्गो र अन्य प्रमाणहरु पनि प्रहरीले संकलन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology