Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

जीप दुर्घटना हुँदा एक जनाको मृत्यु


952
Shares

जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

हेटौंडा, ७ मंसिर । मकवानपुरको हेटौंडा(कुलेखानी(काठमाडौं सडकखण्ड अन्तर्गत सल्लेमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । दुर्घटनामा परी करिब ३४ वर्षीय परिचय खुल्न नसकेका एक पुरुषको मृत्यु भएको छ ।

प्रहरीका अनुसार वीरगञ्जबाट काठमाडौं जाँदै गरेको ना १ ज ४४६६ नम्बरको जीप इन्द्रसरोबर गाउँपालिका(२ स्थित सल्लेमा अनियन्त्रित भई सडकबाट २ सय मिटर तल खसेको थियो । घाइतेहरुलाई उपचारका लागि काठमाडौं पठाइएको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology