काठमाडौँ — परीक्षामा थोरै अंक ल्याएको भन्दै विद्यार्थीलाई हात चिर्न लगाउने शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं जडिबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्मचार्यलाई घटना सार्वजनिक भएपछि आज प्रहरीले पक्राउ गरेको हो ।
शिक्षिका कर्मचार्यले थोरै नम्बर ल्याएको भन्दै कक्षा ६ का विद्यार्थीलाई हात चिरेर यातना दिएकी थिइन् ।
पक्राउ परेकी उनलाई महानगरीय प्रहरी वृत बानेश्वरमा राखिएको प्रहरीले जनाएको छ । उक्त एकेडेमीले पनि शिक्षिका कर्मचार्यलाई बर्खास्त गरिसकेको छ।
प्रिन्सिपल राजनकुमार श्रेष्ठले उनलाई शुक्रबारदेखि लागू हुने गरी बर्खास्त गरेको विज्ञप्ति जारी गर्नुभएको थियो । एकेडेमीमा कर्माचार्यले सामाजिक बिषय पठाउथ्नि । कर्मचार्य विरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।